Logo

कोमल वलीले रघु पन्तलाई जेल हाल्न सक्लिन् ?



काठमाडौं, २५ फागुन । सांसद कोमल वलीले नेकपा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् । पन्तविरुद्ध वलीले आज काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

वलीले पन्तविरुद्ध अपमानजजनक अभिव्यक्ति दिएपछि अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् । पन्तले सार्वजनिक कार्यक्रममा कोमल वली पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएका थिए ।

पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’ पन्तले सार्वजनिक रुपमा माफी मागिसकेका छन् । उनले कोमल वलीसँग पनि फोन सम्पर्क गरी माफी मागेका थिए ।

के महिलाले ‘सेक्स’ लाई प्रगतिको अस्त्र बनाउँछन् ? (भिडियो विश्लेषण)

वलीले पन्तविरुद्ध दायर गरेको मुद्दाको पक्षमा फैसला भए तीन वर्ष सम्म कैद सजाय हुनसक्छ । गालीबेइज्जतीको मुद्दामा तीन वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot