Logo

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई मुस्लिम आयोगमा स्वागत (फोटोफिचर)



काठमाडौं, ८ असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई मुस्लिम आयोगमा स्वागत गरिएको छ । अफ्रिदीलाई आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले खादा लगाएर स्वागत गरेका थिए ।

यसअिघ आयोजित पत्रकार सम्मेलनमा अफ्रिदीले आफ्नो व्यस्त तालिकाका कारण दुई खेल मात्र खेल्न सम्भव हुने बताएका छन् । शाहिद ईपीएल टोली काठमाडौं किंग्स–११ मा आबद्ध छन् । प्रतियोगिताका लागि उनी बिहीबार काठमाडौं आएका थिए । चौथो संस्करणको ईपीएल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि सुरु हुँदै छ । पहिलो खेलमा काठमाडौं किंग्स–११ र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot