Logo

ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति प्रमाणित गर्न प्रचण्डद्वारा ओलीलाई चुनौती (विज्ञप्तिसहित)



काठमाडौं, १ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर्न चुनौती दिएका छन् । आज प्रेस वक्तव्यमार्फत् प्रचण्डले ओलीलाई उक्त आरोप प्रमाणित गर्न नसके जनतासँग झुट बोलेकोमा माफी माग्न चुनौती दिएका छन् ।

बुधबार ओलीले प्रचण्डमाथि ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए । २०६० साल मंसिर १८ मा सहमति गरेको उल्लेख गर्दै ओलीले बोलेपछि राजनीतिक तरंग आएको थियो ।

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमतिलाई शत प्रतिशत झुटो प्रचार भनेका छन् । उनले ओलीले दरिद्र राजनैनिक चरित्र प्रदर्शन गरेको टिप्पणी गरे ।

प्रचण्डले ओलीमाथि राजतन्त्र फर्काउन खोजेको आरोप लगाएपछि विगतमा सहमति गरेको विषय उठाएका थिए । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot