Logo

नपत्याउने खोलाले बगाउन सक्छः ईश्वरी न्यौपाने



काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका तर्फबाट सभामुख पदकी उम्मेदवार ईश्वरी न्यौपानेले जित्नकै लागि उम्मेदवारी दिएको बताएकी छन् ।
‘म लोकतन्त्रमा विश्वास गर्छु । निर्वाचनमा विश्वास गर्छु । लोकतन्त्रको सौन्दर्य नै निर्वाचन हो । निर्वाचनमा हारजित दुवै हुन्छ । त्यसलाई स्वीकार्नु पर्छ । म हारजित दुवैलाई सहजै स्वीकार्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै न्यौपानेले भनिन् ।
हार्नका लागि कि जित्नका लागि तपाईंको उम्मेदवारी भन्ने धमलाको प्रश्नमा उनले भनिन्, ‘मेरो उम्मेदवारीलाई नेकपा एस, जसपा र लोसपाको समर्थन छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग पनि कुराकानी भइरहेको छ । नपत्याउने खोलाले बगाउँछ कहिलेकाहीं । चुनाव हो, जित्न पनि सकिन्छ ।’
आफू सभामुखमा निर्वाचित भए पदीय मर्यादा राख्ने पनि न्यौपानेले बताइन् । उनले भनिन्, ‘मैले दुईपल्ट संविधानसभाको अनुभव लिएकी छु । विगतमा सभामुख पार्टीको छायामात्र बनेको पनि देखें । तर म सभामुख भएँ भने संसदको मर्यादा राख्ने कोसिस गर्छु । सरकारलाई संसदप्रति जवाफदेही बनाउँछु । सबैलाई मिलाएर लैजान्छु । हेरौं न, सांसदहरुले मलाई साथ दिन्छन् कि दिँदैनन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot