Logo

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं, १८ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।

बैठक स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । नेकपा बैठक स्थगित भएसँगै मन्त्रिमण्डल पुर्नगठन, विभिन्न नियुक्तिहरु अनिश्चित बनेका छन् ।

बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद केही समयका लागि थाती रहेको छ । पार्टीभित्र राजदुत नियुक्तिलगायतका विषयमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डलगायत नेताहरु असन्तुष्ट छन् । सचिवालयमा त्यसबारे गम्भीर छलफल हुने भनिएको थियो ।-फाइल तस्वीर

 



प्रतिक्रिया दिनुहोस्

Screenshot