Logo

सडकबाटै संसद पुनः स्थापना गर्नुपर्छ, ओली भेडा हुन्, म सिंह : प्रचण्ड (भिडियोसहति)



माघ ५, काठमाण्डौ । सरकारविरुद्ध आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड माधव समुहका नेताहरु दिनप्रतिदिति आक्रामक बन्दै गएका छन् । हिजो मात्रै हिंसात्मक आन्दोलनको संकेत गरेका अध्यक्ष पुष्पकमल दाहालले आज आम हड्तालसम्मको कुरा गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेदेखि निरन्तर आन्दोलन गरीरहेको नेकपाको दाहाल–नेपाल समूह सरकारबिरुद्ध दिनप्रतिदित आक्रोषित देखिएको छ । दैनिकजसो हुने कार्यक्रममा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्रै होइन, कडा आन्दोलनको चेतावनी पनि दिइरहेका छन् ।

सोमवार काठमाडौंमा आयोजित आफू सम्बद्ध अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार बिरुद्धको आन्दोलन माघ १६ गतेपछि आम हड्तालमा जाने घोषणा गरेका छन् । दाहालले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएकोसमेत बताए । सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरे । एकाध महिना जुर्मुराउनासाथ आफूहरुको जित हुने भन्दै उनले सिंह जस्तो गर्जिन कार्यकर्ताहरुलाई सुझाव दिए ।

अध्यक्ष दाहालले भेडा र सिंहको कथा सुनाउँदै ओलीलाई भेडासँग तुलना गरेका छन् । ओलीको संगत गरेपछि आफू पनि भेडा जस्तै बन्न पुगेको भन्दै दाहालले कटाक्ष गरे ।

अर्का अध्यक्ष माधव कुमार नेपालले ओलीलाई तह लगाउने अरु कुनै उपाए नभएको भन्दै उनलाई अन्तिम स्पष्टीकरण पत्र पठाईएको बताएका छन् । माघ २ मा बसेको दाहाल–नेपालक्षको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको भन्दै उनी कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नरहेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कुकुरको पुच्छर संंग तुलना गर्दै बांगो पुच्छरलाई सोझो पार्ने धेरै कोसिस गरेपनि सफल हुन नसकेको टिप्प्णी गरे ।

संसद विघटनपछि विभिजत बनेको नेकपाका नेताहरु दुई कित्तामा पुगेपछि आरोपप्रत्यारोपमा उत्रिएका छन् । आफ्नो समुहको कार्यक्रममा ओली होस वा दाहाल नेपाल, सबैले अर्को समुह र त्यसका शीर्ष नेताहरुलाई तल्लो स्तरमै झरेर विभिन्न टिका टिप्पणी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot