Logo

ओली, प्रचण्ड र माधव नेपाल महिनौंपछि एउटै मञ्चमा



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अतिथिका रुपमा पुगेका छन् । उनी ढिलो गरी पुग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पहिल्यैनै मञ्चमा थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवाको दायाँतर्फ प्रचण्ड र माधव नेपाल पहिल्यै बसेका थिए । पछि पुगेका ओली बायाँतर्फ बसे ।

प्रचण्ड र माधव नेपालसँग एउटै मञ्चमा ओली महिनौं पछि पहिलोपटक बसेका हुन् । प्रचण्ड र नेपालसँग ओलीको पानी बाराबारको स्थिति छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot