Logo

प्रचण्ड–ओली सहकार्यको सम्भावनाबारे पहिलो समाचार रिपोर्टर्स नेपाल डटकममा प्रकाशित, लोकान्तर डटकम महिनौं पछि थियो (तथ्यसहित)



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल कांग्रेससहितको गठबन्धनबाट सरकारको नेतृत्वमा रहेको बेलामा नै रिपोर्टर्स नेपाल डटकमले एमाले र माओवादीबीच सत्ता–सहकार्यको सम्भावनाबारे गत माघ १२ गते समाचार लेखेको हो । त्यसभन्दा अघिपनि हामीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता सहकार्यलक्षित भेटवार्ताबारे समाचार प्रकाशन गरेका छौं ।

२१ फागुन (सोमबार) एमाले र माओवादीबीच सत्ता सहकार्यबारे नवीन समझदारी बनेको छ । एमाले र माओवादी केन्द्रको सत्ता सहकार्यमा रास्वपा र जसपापनि सारथीको रुपमा मिसिएका छन् । कांग्रेससहितको गठबन्धन भत्काएर माओवादी केन्द्रले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि लोकान्तर डटकमका सम्पादक विमल गौतमले एमाले–माओवादी सहकार्यको समाचार आफ्नो अनलाईनले ब्रेक गरेको भन्दै राजनीतिक उथलपुथलको पृष्ठभूमि : हत्तेरी राजनीति, कठै पत्रकारिता र ‘निदाएका’ सम्पादकहरू ! शीर्षकमा आफूले यो राजनीतिक घट्नाक्रमको ब्रेक गरेको भनेर आफ्नो टिप्पणी लेखे ।

तर, गौतमले दाबी गरेजस्तो एमाले र माओवादीबीच सत्ता सहकार्यको सम्भावनाको समाचार लोकान्तरले नभएर सबैभन्दा पहिले रिपोर्टर्स नेपाल डटकमले ब्रेक गरेको हो । यो त समाचार प्रकाशित मिति र सामाग्री हेर्दै थाहा हुने कुरा हो ।

पत्रकार विमल गौतमको जस्तो नेपालको मात्र नभएर शक्तिशाली मुलुकका भित्री सूचना हुने गजबका मित्र नभएपनि रिपोर्टर्स नेपाल डटकमले लोकान्तरभन्दा महिनौं पहिले नै ओली–प्रचण्ड सहकार्य सम्भावनाबारे समाचार प्रकाशित गरेको थियो । त्यसैले गौतमले आफ्नो टिप्पणी आलेखमा भनेजस्तो रिपोर्टर्स नेपाल डटकम कठै पत्रकारिताभित्र चाहीँ पर्दैन् भन्नेमा हामी हामीले प्रकाशित गरेका समाचार सामाग्रीबाट ढुक्क छौं ।

हेर्नुहोस रिपोर्टर्स नेपाल डटकमले प्रकाशन गरेका समाचार सामाग्रीहरु :

एमाले र माओवादी केन्द्रबीच सहकार्य हुनेबारे ढुक्क भएर नै रिपोर्टर्स नेपाल डटकमले प्रायः समाचारमा यही विषयलाई प्राथमिकता दिएको थियो ।

हेर्नुहोस सम्बन्धित समाचारहरु :



प्रतिक्रिया दिनुहोस्